• वि.सं २०८१ बैशाख १२ बुधबार
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ जेठ ३ मंगलबार ०८:४९:००
निर्वाचन

सिद्धिचरण नगरपालिका प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

२०७९ जेठ ३ मंगलबार ०८:४९:००

ओखलढुंगाको सिद्धिचरण नगरपालिकाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी भएको छ । प्रमुखमा नेपाली कांग्रेसका तेजन खनाल र उपप्रमुखमा एमालेका केदारबाबु बस्नेत विजयी भएका हुन् ।

एमालेका उम्मेदवार इच्छाकुमारी गुरुङलाई एक हजार एक सय २१ मतले पछि पार्दै मेयरमा खनाल निर्वाचित भएका हुन् । खनालले ६ हजार सात सय ९१ मत पाएका छन् । निकटतम् प्रतिस्पर्धी गुरुङले पाँच हजार ६ सय ५० मत ल्याइन् । 

उपप्रमुखमा एमालेका बस्नेतले माओवादी केन्द्रका रूपेश शाक्यलाई पाँच सय १६ मतले पछि पार्दै जित हात पारेका छन् । बस्नेतले पाँच हजार ६ सय ९८ मत पाउँदा निकटतम् प्रतिद्वन्द्वी शाक्यले पाँच हजार एक सय ५२ मत पाएका छन् ।

नगरपालिकाको जन्तरखानीबाहेक सबै तहमा कांग्रेस–माओवादी गठबन्धन थियो । १२ वडामध्ये कांग्रेसले नाै वडा जितेको छ भने एमालेले दुई र माओवादी केन्द्रले एक वडा जितेको छ ।

कांग्रेसबाट वडा नम्बर १ मा तीर्थ घिमिरे, ३ मा सीताराम दाहाल, ६ मा मेखबहादुर मगर, ७ मा भलाबहादुर कटवाल, ८ मा एकराज तामाङ, ९ मा गुणराज खड्का, १० मा रमेश धमला, ११ मा विनोद ताम्राकार, १२ मा उमंग श्रेष्ठ विजयी भएका छन् ।  एमालेबाट वडा नम्बर ४ मा रत्न गुरुङ र ५ मा डिल्लीशेर राई विजयी भएका छन् । वडानम्बर २ मा माओवादीका वसन्त कटवालले जितेका छन् ।