• वि.सं २०८१ बैशाख ८ शनिबार
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ जेठ ३ मंगलबार ०८:४५:००
निर्वाचन

भीमसेन थापा गाउँपालिका अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस विजयी

२०७९ जेठ ३ मंगलबार ०८:४५:००

गोरखाको भीमसेन थापा गाउँपालिकामा अध्यक्ष माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा लोकप्रसाद बञ्जारा र उपाध्यक्षमा अमृता वस्तीले विजयी भएका हुन् । अध्यक्ष बञ्जराले चार हजार नौ सय ८० मत ल्याए भने उनको निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार रोशन गुरुङले चार हजार आठ सय ८५ मत ल्याएका थिए ।

त्यस्तै, उपाध्यक्षमा भने नेपाली कांग्रेसकी वस्तीले माओवादी केन्द्रकी उम्मेदवार जुनुमाया श्रेष्ठलाई पराजित गरेकी छिन् । वस्तीले चार हजार नौ सय ४९ मत ल्याएर उपाध्यक्षमा पदमा विजयी हासिल गरेकी हुन् । गाउँपालिकाको वडा नम्बर १, ५, ६, ७ मा माओवादी केन्द्र विजयी बनेको छ भने वडा नम्बर २, ३, ४ मा कांग्रेस विजयी बनेको छ ।