• वि.सं २०८१ बैशाख ८ शनिबार
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ जेठ ३ मंगलबार ०८:१९:००
निर्वाचन

दोलखाको मेलुङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

२०७९ जेठ ३ मंगलबार ०८:१९:००

दोलखाको मेलुङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले उम्मेदवार हिरा थोकर र गायत्री आचार्य विजयी भएका छन् । मेलुङ गाउँपालिकाको अध्यक्षमा एमालेका हिराकुमार थोकर र उपाध्यक्षमा गायीत्री आचार्य निर्वाचित भएका हुन् ।

नेकपा एमाले दोलखाका जिल्ला सचिवसमेत रहेका थोकर चार हजार आठ सय १२ मत र आचार्य चार हजार चार सय ४३ मतसहित पालिका अध्यक्ष र उपाध्यक्षमा विजयी भएका हुन् ।

पालिका अध्यक्ष थोकरका प्रतिद्वन्द्वी एकीकृत समाजवादीका उम्मेदवार रवीन्द्र कार्कीले भने तीन हजार एक सय २७ मत र उपाध्यक्षका उम्मेदवार कांग्रेसका भक्तबहादुर तमाङले दुई हजार पाँच सय  २५ मत पाएका छन् ।