• वि.सं २०८१ बैशाख ८ शनिबार
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ जेठ ३ मंगलबार ०७:४१:००
निर्वाचन

बाग्लुङको निसिखोलामा कांग्रेसका सूर्यबहादुर विजयी 

२०७९ जेठ ३ मंगलबार ०७:४१:००

स्थानीय तह निर्वाचन मतगणनामा बाग्लुङका विभिन्न पालिकाको मतपरिणाम आउने क्रम जारी रहेको छ । मतपरिणाम आएसँगै गठबन्धनका दलहरूकै उम्मेदवार विजयी भएका छन् । जिल्लाको निसिखोला गाउँपालिकामा नेपाली कांग्रेसका सूर्यबहादुर घर्ती अध्यक्षमा निर्वाचित भएका छन् ।

उनले पाँच हजार पाँच सय ११ मत पाएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका भूमिराज घर्तीले दुई हजार ६ सय ३९ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा माओवादीका प्रेम घर्ती पाँच हजार मत पाएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका भोटु चन्दले दुई हजार नौ सय आठ मत पाएका छन् ।

निसिखोला यसअघिको निर्वाचनमा कांग्रेसको एकल प्यानल निर्वाचित भएको थियो । वडा नम्बर १, ४, ५ र ६ वडा कांग्रेसले, २ र ३ माओवादी तथा वडा नम्बर ७ मा एमालेका उम्मेदवार विजयी भएका छन् ।