Skip This
Skip This
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
तिवारी यादव वीरगन्ज
२०७९ जेठ ३ मंगलबार ०६:४३:००
निर्वाचन

बाराको परवानीपुर गाउँपालिकामा एमाले निर्वाचित 

तिवारी यादव वीरगन्ज
२०७९ जेठ ३ मंगलबार ०६:४३:००

बाराको परवानीपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेकपा एमाले निर्वाचित भएको छ । अध्यक्षमा एमालेका रामक्षेत्री पटेल दुई हजार नौ सय १७ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्दी लोकतान्त्रिक समाजवादी पार्टीका जगत नारायण महतो दुई हजार चार सय ७४ मत ल्याएका छन । यस्तै उपाध्यक्षमा एमाले कि सुगान्धी देवी तीन हजार दुई सय ३२ मत ल्याएर निर्वाचित भएकी छन् ।  

उनका निकटतम प्रतिद्वन्दी लोकतान्त्रिक समाजवादी पार्टीका सावित्रीदेवीले  दुई हजार तीन सय ८७ मत ल्याएकी छन ।पाँच वडा रहेको गाउँपालिकामा दुई वडा एमालेले जितेको छ ।वडा नम्बर २ मा नेकपा एमालेका नुरुल होदा अन्सारी र वडा नम्बर ३ मा इब्राहिम मिया निर्वाचित भएका छन । 

नुरुलहोदा पाँच सय ८५ मत ल्याएर निर्वाचित भएका छन भने उनका निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टीका सुरेश साह चार सय ८५ मत ल्याएका छन । यस्तै इब्राहिम ८ सय ८४ मत ल्याएर निर्वाचित हुदा उनका निकटतम प्रतिद्वन्दी लोकतान्त्रिक समाजवादी पार्टीका अनिल रामले  ८ सय २१ मत ल्याएका छन ।