Skip This
Skip This
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ जेठ ३ मंगलबार ०६:५१:००
निर्वाचन

काठमाडौं महानगरपालिकामा बालेन ४४५७ मतले अगाडि

नयाँ पत्रिका काठमाडाैं
२०७९ जेठ ३ मंगलबार ०६:५१:००

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम राखेका छन् । उनले नौ हजार ६ सय १४ मतले अग्रता लिइरहेका छन्। पाँच हजार एक सय ५७ मतसहित एमालेका उम्मेदवार केशव स्थापितले बालेनलाई पछ्याइरहेका छन् ।स्थापित भन्दा बालेन चार हजार चार सय ५७ मतले अगाडि छन् । 

त्यस्तै गठबन्धनबाट कांग्रेसको उम्मेदवार बनेकी सिर्जना सिंहले चार हजार चार सय ७७ मत ल्याएकी छन् । ३२ वडा रहेको काठमाडौं महानगरपालिकामा अहिले वडा नम्बर १,२, ३, ४,५,६, ३१ र ३२ वडाको गणना भइरहेको छ । १ नम्बर वडाको भने गणना सकिएको छ ।