• वि.सं २०८० चैत १६ शुक्रबार
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ जेठ ३ मंगलबार ०६:३८:००
निर्वाचन

सुन्दरबजार नगरपालिकाको मेयरमा कांग्रेसका कोइराला र उपमेयरमा एमालेकी केसी विजयी

२०७९ जेठ ३ मंगलबार ०६:३८:००

लमजुङको सुन्दरबजार नगरपालिकाको प्रमुखमा कांग्रेसका कृष्णप्रसाद कोइराला विजयी  भएका छन् ।विजयी कांग्रेसका कोइरालाले ६ हजार ६ सय ४१ मत ल्याएका छन् । निकटम प्रतिद्वन्दी एमालेका भीमबहादुर गुरुङ ६ हजार ३६ मत ल्याएका छन् ।

प्रतिद्वन्द्वी राप्रपाका सन्तबहादुर बस्नेतले तीन सय ८५ मत र मंगोल नेसनल अर्गनाइजेसनका भीमराज गुरुङले ५१ मत ल्याएका छन् ।उपप्रमुखमा एमालेकी भवानी केसी निर्वाचित भएकी छन् । 

केसीले ५ हजार १८ मत ल्याएका छन् । निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार द्वारिकाप्रसाद मिश्रले ४ हजार ४ सय ७५ मत ल्याएका छन् । सत्ता गठबन्धनका आधिकारिक उम्मेदवार एकीकृत समाजवादीका रामबाबु अधिकारीले दुई हजार दुई सय ४ मत ल्याएका छन् ।

प्रतिद्वन्दी राप्रपा उम्मेदवार पार्वती वाग्लेले दुई सय ७८ ल्याइन भने मंगोल नेसनल अर्गनाइजेसनकी बालकुमारी कामीले ४० मत ल्याएकी छन् ।०७४ को निर्वाचनमा सुन्दरबजारमा एमालेले प्रमुख र कांग्रेसले उपप्रमुख जितेको थियो ।