• वि.सं २०८० चैत १६ शुक्रबार
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ जेठ १ आइतबार २१:१०:००
निर्वाचन

गोरखाको अजिरकोटमा माओवादी केन्द्र विजयी

२०७९ जेठ १ आइतबार २१:१०:००

गोरखाको अजिरकोट गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रको तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार रहेका दीपक देवकोटाले ३७८७ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गोविन्द गुरुङले ३२८९मत ल्याए । 

उपाध्यक्षमा पनि माओवादी केन्द्रका उम्मेदवार अनिता भुजेल विजयी भएकी छिन् । कांग्रेसबाट उपप्रमुख पदकी उम्मेदवार इन्द्र गुरुङलाई हराउँदै उनले ३५३२ मत ल्याएर विजयी भइन् । गुरुङले ३३६१ मत ल्याएको अजिरकोट गाउँपालिकाका मुख्य निर्वाचन अधिकृत कमलराज भण्डारीले बताए । 

११ स्थानीय तह रहेको गोरखामा हालसम्म मतगणना सकिएको अजिरकोट पहिलो हो । यसअघि उक्त पालिका नेपाली कांग्रेसले जितेको थियो । अजिरकोट १, २, ३  माओवादी केन्द्रका उम्मेदवारले जितेका छन् भने कांग्रेस वडा नम्बर ४ र ५ मा विजयी भएको छ । 

२०७४ को स्थानीय निर्वाचनमा माओवादी केन्द्रबाट देवकोटा र भुजेल नै अध्यक्ष र उपाध्यक्षका उम्मेदवार थिए । अघिल्लो चुनावमा कांग्रेसका उम्मेदवारसँग पराजित उनीहरू अहिले विजयी भएका छन् ।