• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ जेठ १ आइतबार २०:५५:००
निर्वाचन

भरतपुर महानगरमा एमालेको अग्रता

२०७९ जेठ १ आइतबार २०:५५:००

भरतपुर महानगरपालिकामा एमालेले अग्रता लिएको छ । सात हजार ६१ मतगणना गर्दा राप्रपाको समर्थनमा एमालेबाट मेयरका उम्मेदवार विजय सुवेदीले २५४९ मत ल्याएका छन् । 

गठबन्धनबाट मेयरकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले २५३० मत ल्याएकी छिन् । 

कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ८३० मत ल्याएका छन् ।

उपमेयरमा गठबन्धनबाट कांग्रेसका चित्रसेन अधिकारीले २७६९ मत ल्याएर अग्रता कायम राखेका छन् भने एमालेको समर्थनमा राप्रपाकी उम्मेदवार हिमला गुरुङले १९७५ मत पाएकी छिन् ।