Skip This
Skip This
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ जेठ १ आइतबार २०:४६:००
निर्वाचन

घोराही उपमहानगरमा एमालेले गठबन्धनलाई उछिन्यो 

२०७९ जेठ १ आइतबार २०:४६:००

घोराही उपमहानगरपालिकामा एमालेले गठबन्धनका उम्मेदवारलाई पछि पारेको छ । सुरुवातदेखि अग्रता कायम गर्दै आएको गठबन्धनलाई पछिल्लो मतपरिणामले पछि पारेको हो । 

एमालेबाट मेयर पदका उम्मेदवार नरुलाल चौधरीले ७ हजार ४५ मत ल्याउँदा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार हेमराज शर्माले ७ हजार १० मत प्राप्त गरेका छन् । 

उपप्रमुखमा भने गठबन्धनका उम्मेदवार कांग्रेसका भुपबहादुर डाँगी नै अगाडि छन् । डाँगीले ७ हजार चार सय ४१ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार हुमा डिसीले ६ हजार ७ सय ८७ मत प्राप्त गरेकी छिन् । अहिले घोराहीका ७ वटा वडाको मतगणना भइरहेको छ ।

एउटा वडाको भने अन्तिम मतपरिणाम आइसकेको छ । घोराही उपमहानगरपालिका वडा नं. १९ मा गठबन्धनका तर्फबाट कांग्रेसका ज्ञानबहादुर रायमाझी विजयी भएका छन् । 

उनले एमालेका हर्कबहादुर घर्तीलाई पराजित गरेका हुन् । घर्ती यसअघिको स्थानीय तहको निर्वाचनमा विजयी भएका थिए ।