• वि.सं २०८१ बैशाख १२ बुधबार
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
भीमदत्त नगरपालिका–२ मा पुनः मतदानको माग  राख्दै वडाका उम्मेदवारहरू
मोहन विष्ट कञ्चनपुर
२०७९ जेठ १ आइतबार २०:३२:००
निर्वाचन

भीमदत्त नगरपालिकामा मतगणना प्रभावित

मोहन विष्ट कञ्चनपुर
२०७९ जेठ १ आइतबार २०:३२:००

कञ्चनपुरको भीमदत्त नगरपालिकामा रोकिएको मतगणना अझै सुरु हुन सकेको छैन । आइतबार बिहान साढे ११ बजे रोकिएको मतगणना अझै सुरु नभएको हो । 

भीमदत्त नगरपालिका २ को मतगणना गर्दा एक सयको पोकामा १२३ मत भेटिएपछि दलहरूले विरोध गरेकाले मतगणना स्थगित भएको छ । भीमदत्त नगरपालिका २ बाट लोसपाका वडाध्यक्षका उम्मेदवार अम्बादत्त तिवारीले एक सयको पोकामा १२३मत देखिएपछि विरोध गरिएको बताए । 

एमाले, एकीककृत समाजवादी, माओवादी केन्द्र र राप्रपाले विरोध गरेसँगै मतगणना रोकिएको छ । वडास्तरका उम्मेदवारले पुनः मतदानको माग गरेका छन् । उनीहरूले कर्मचारीको समेत मिलोमतो भएको आरोप लगाएका छन् ।
सर्वदलीय बैठक बसे पनि अहिलेसम्म निष्कर्ष निस्केको छैन ।