• वि.सं २०८० चैत १६ शुक्रबार
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका नेपालगञ्ज
२०७९ जेठ १ आइतबार १७:३१:००
निर्वाचन

नेपालगञ्ज उपमहानगरमा कांग्रेसको अग्रता कायमै

नयाँ पत्रिका नेपालगञ्ज
२०७९ जेठ १ आइतबार १७:३१:००

नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार प्रशान्त विष्टले अग्रता कायमै राखेका छन् । विष्टले २८१२ मतसहित अग्रता लिएका छन् भने, एमालेका पशुपतिदयाल मिश्रले १४११ मतसहित पछ्याइरहेका छन् । 

तेस्रो स्थानमा रहेको राप्रपाका नन्दलाल वैद्यले १३०४ मत ल्याएका छन् । 

उपमेयरमा जसपाका मोहम्मद कमरुद्धिन राई १८८३ मतसहित अग्रस्थानमा छन् । राप्रपाकी बिन्दु चर्तिमगरले १३३० र एमालेका शान्तिदेवी ढकालले ८९७ मत ल्याएका छन् ।