• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ जेठ १ आइतबार १६:०५:००
निर्वाचन

उदयपुरको लिम्चुङबुङमा गठबन्धनका उम्मेदवार विजयी

२०७९ जेठ १ आइतबार १६:०५:००

उदययपुरको लिम्चुङबुङ गाउँपालिकामा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । गठबन्धनको तर्फबाट अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार मेजरकुमार राई र उपाध्यक्षमा नेपाली कांग्रेसका पुष्पलाल राई निर्वाचित भएका हुन् ।

निर्वाचन अधिकृत तुलराज सुनुवारका अनुसार अध्यक्षमा निर्वाचित मेजरले दुई हजार ५१ मत पाएर निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा (एमाले)का राजकुमार राईले एक हजार पाँच सय ८९ पाएर पराजित भएका छन् । मेजरकुमार बागी उम्मेदवार होम किराँतीले ६१९ मत पाएर तेस्रो भएका छन् ।

मेजर २०७४ सालको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट लिम्चुङबुङमै निर्वाचित एक मात्र पालिका अध्यक्ष पनि हुन् । यता उपाध्यक्षमा निर्वाचित कांग्रेसका पुष्पलालले एक हजार नाै सय ३३ मत पाएर छन् । उनका प्रतिद्वन्द्वी एमालेकी देवकुमारी कार्कीले एक हजार ७३ मत पाएर पराजित भएकी छिन् । पुष्पलालका बागी उम्मेदवार रमिला राईले नाै सय १८ यति मत पाएर तेस्रो भएकी छिन् ।