• वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
सोनी राई सोलुखुम्बु
२०७९ जेठ १ आइतबार १५:४७:००
निर्वाचन

खुम्बु पासाङ ल्हामुमा एमालेका उम्मेदवार विजयी

सोनी राई सोलुखुम्बु
२०७९ जेठ १ आइतबार १५:४७:००

सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । पालिका अध्यक्षमा एमालेका मिङमा छिरी शेर्पा र उपाध्यक्षमा एमालेकै टासी ल्हाम शेर्पा विजयी भएका हुन् । 

अध्यक्षमा मिङमा छिरीले दुई हजार २८ मत र उपाध्यक्षले दुई हजार २३ मतसहित विजयी भएका हुन् । निकटतम प्रतिस्पर्धी कांग्रेसका चुङबा शेर्पाले एक हजार ६ सय नाै मत र उपाध्यक्षमा कांग्रेसकै निर्मला थापा मगरले एक हजार ६ सय ८२ मत प्राप्त गरी उपविजेता बनेका छन् । पाँचवटा वडा रहेको खुम्बुमा वडा नम्बर १ को प्यानल नै कांग्रेसले जितेका छन् भने बाँकी वडाहरू एमालेले जितेको निर्वाचन समितिले जनाएको छ ।