• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ जेठ १ आइतबार १५:२८:००
अर्थ

मोदीको आसन्न भ्रमणले लुम्बिनीका पर्यटन व्यवसायी उत्साहित

२०७९ जेठ १ आइतबार १५:२८:००

गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा भारतीय प्रधानमन्त्रीको आसन्न भ्रमणका कारण पर्यटन व्यवसायी उत्साहित भएका छन् । सोमबार लुम्बिनीमा हुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणले लुम्बिनीको पर्यटन क्षेत्रमा सुधार आउने लुम्बिनी होटेल संघका अध्यक्ष गोविन्द ज्ञवालीले बताए ।

लामो समय कोरोनाले थलिएको लुम्बिनीको पर्यटन व्यवसायलाई यस भ्रमणले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने ज्ञवालीले बताए । बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्रका रूपमा रहेको भगवान गौतम बुद्धको जन्मस्थलमा भारतीय प्रधानमन्त्रीको आगमनले भारतीय हिन्दू धर्मावलम्बीहरूका लागि पनि एकपटक लुम्बिनी पुग्नैपर्ने स्थानका रूपमा लिने पर्यटन व्यवसायीहरूको भनाइ छ ।