Skip This
Skip This
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ जेठ १ आइतबार ११:३१:००
निर्वाचन

स्वतन्त्रबाट उम्मेदवार बनेका २७ वर्षीय वली वडाध्यक्षमा विजयी 

२०७९ जेठ १ आइतबार ११:३१:००

दाङमा २७ वर्षीय युवाले वडाध्यक्षमा विजयी हासिल गरेका छन् । शान्तिनगर गाउँपालिका– २ मा स्वतन्त्र उम्मेदवारी दिएका  सुनील वलीले विजयी हासिल गरेका हुन् । 

उनी ६२९ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका ठाकुरप्रसाद केसीले ५९७ मत प्राप्त गरेका थिए । उनीहरूबीचको मतान्तर ३२ रहेको छ । त्यस्तै, कांग्रेसका उम्मेदवार टोपेन्द्रकुमारी खड्काले ३५१, एमालेका उम्मेदवार पूर्णबहादुर वलीले ३३४ मत प्राप्त गरेका थिए । 

वडाध्यक्ष विजयी भएका वली कांग्रेसनिकट थिए । तर, उनले युवाहरू राजनीतिमा आउनुपर्ने भन्दै स्वतन्त्रबाट उम्मेदवारी दिएका हुन् । उनले शासक नभई सेवक बनेर सेवा गर्ने अठोटका साथ उम्मेदवारी दिएको भन्दै सोहीअनुसार काम गर्ने बताए । उनी‘भ्रष्टाचार, बेथिति र बढ्दो महँगी नियन्त्रण-शान्तिनगरको विकास, हाम्रो अभियान’ नारा लिएर चुनावी मैदानमा होमिएका थिए  ।