• वि.सं २०८० चैत १५ बिहीबार
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ जेठ १ आइतबार ११:२४:००
निर्वाचन

पोखराको मेयरमा गठबन्धनका धनराजको अग्रता बढ्यो

२०७९ जेठ १ आइतबार ११:२४:००

पोखरा महानगरपालिकामा गठबन्धनका मेयर र उपमेयरका उम्मेदवारको अग्रता बढेको छ । २,४०० मत गन्दा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका मेयर उम्मेदवार धनराज आचार्यले ९२३ मतसहित अग्रता बढाएका हुन् ।

उनलाई एमालेको तर्फबाट मेयर पदका उम्मेदवार कृष्ण थापाले ८५४ मतसहित पछ्याएका छन्  । उपमेयरमा गठबन्धनको तर्फबाट कांग्रेसकी कोपिला रानाभाटले १,०२८ मतका साथ अग्रता बढाएकी छिन् । उनलाई एमालेकी उपमेयर पदकी उम्मेदवार मञ्जु गुरुङले ९०७ मत ल्याएर पछ्याइरहेकी छिन् ।

 पोखरामा २,०७,७१२ मतदाता रहेकोमा जम्मा १,४३,२२६ मत खसेको थियो ।