• वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ जेठ १ आइतबार १०:५६:००
निर्वाचन

हेटौँडामा अग्रता बढाउँदै गठबन्धन

२०७९ जेठ १ आइतबार १०:५६:००

हेटौँडा उपमहानगरपालिकाको मेयर र उपमेयरमा गठबन्धनले अग्रता बढाइरहेको छ । हेटौँडा १, २, १८ र १९ को ५,७१७ मत गणना गर्दा गठबन्धनले अग्रता बढाएको हो । 

गठबन्धनको तर्फबाट एकीकृत समाजवादीकी मेयर उम्मेदवार मीनाकुमारी लामाले १,७३१ मत ल्याएकी छिन् । मेयर पदमै नेकपा एमालेका अनन्त पौडेलले १,६६५ र राप्रपाका दीपक सिंहले १,५४० मत ल्याएका छन् । 

उपमेयरमा पनि गठबन्धनको अग्रता कायमै छ । उपमेयरमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका राजेश बानियाँले २,४३८, नेकपा एमालेकी सुमित्रा काफ्लेले २,०४० र राप्रपाकी इन्दिरा न्यौपानेले ४४३ मत ल्याएकी छिन् ।