• वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ जेठ १ आइतबार १०:४७:००
मुख्य समाचार

जुम्लाको शंकर माविमा आज पुन: मतदान

२०७९ जेठ १ आइतबार १०:४७:००

जुम्लाको पूर्वी भेगमा पर्ने गुठीचौर गाउँपालिका- ३ गर्ज्याङकोटस्थित शंकर मावि मतदानस्थलमा आज पुनः मतदान सुरु भएको छ । वैशाख ३० गते मतदाताबीच झगडा भएर ढुंगामुडा हुँदा मतदान कार्य स्थगित भएको थियो ।

निर्वाचन अधिकृत तुलराज चौलागाईंका अनुसार अहिलेसम्म १८८ मत खसिसकेको छ । गत वैशाख ३० गते सो मतदानस्थलमै झडप भएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले स्थगित गरी जेठ १ गते मतदान तोकेको थियो। 

प्रमुख जिल्ला अधिकारी विजयकुमारी प्रसाईं, नेपाली सेनाका गणपति रविन थापा, सशस्त्र प्रहरी ३३ नम्बर गणका गणपति चित्रांगत दाहाल, प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दसहितको सुरक्षा टिम मतदानस्थलमा खटिएको छ । निर्वाचन आज भयरहित अवस्थामा सम्पन्न हुने निर्वाचन अधिकृत शम्भु गौतमले जानकारी दिए ।