• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
मोहन विष्ट कञ्चनपुर
२०७९ जेठ १ आइतबार १०:२३:००
निर्वाचन

दोधाराचाँदनी १० मा कांग्रेसको प्यानल विजयी

मोहन विष्ट कञ्चनपुर
२०७९ जेठ १ आइतबार १०:२३:००

महाकाली नदीपारि रहेको कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका– १० मा एमालेको गढ भत्काउँदै नेपाली कांग्रेसका उम्मेदवार चन्द्रबहादुर सिंहको प्यानल नै निर्वाचित भएको छ ।

दोधाराचाँदनी निर्वाचन अधिकृतको कार्यालयका अनुसार १० नम्बर वडामा कांग्रेसका चन्द्रबहादुर सिंहको प्यानलै निर्वाचित भएको हाे  । सिंहले आफ्ना निकटतम् प्रतिद्वन्द्वी गंगाराम खड्कालाई २३० मतले हराउँदै वडाध्यक्षमा निर्वाचित भएका छन् ।

सिंहसँगै उनको प्यानलका वडातर्फ बल्ली सुनार, पिठी रावत, धनबहादुर थापा, महावीर रोकाया निर्वाचित भएका छन् । यो वडा यसअघिको निर्वाचनमा एमालेले जितेको थियो । कांग्रेसले यो वडा जितेसँगै दोधाराचाँदनीमा पहिलो नम्बरमा खाता खोलेको छ ।