• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ जेठ १ आइतबार १०:०२:००
निर्वाचन

बझाङमा साइपालबाट एमालेले खाता खोल्यो, अध्यक्ष, उपाध्यक्षसहित ३ वडामा एमालेका उम्मेदवार विजयी

२०७९ जेठ १ आइतबार १०:०२:००

साइपाल गाउँपालिकामा एमालेका उम्मेदवार मानबहादुर बोहरा ६७५ मत ल्याएर गाउँपालिका अध्यक्षमा विजयी भएका छन्। गठबन्धनका उम्मेदारले उज्ज्वल बोहराले ६१३ मत ल्याएर पराजित भएका हुन्।

गाउँपालिका उपाध्यक्षतर्फ एमालेकै डोल्मा तामाङले ६७५ मतसहित विजयी भएका छिन्  । उनका प्रतिस्पर्धी बाटु बोहरा ६१९ मतसहित पराजित भएका हुन् । वडागत रूपमा हेर्दा वडा नम्बर १ मा प्यानलसहित नेकपा एमालेका नरेन्द्र धामी विजयी भएका छन् । वडा नम्बर २ मा गठबन्धन (कांग्रेस)का उम्मेदवार हरिलाल बोहरा विजयी भएका छन् । वडा नम्बर ३ मा एमालेका उम्मेदवार गोरख बोहरा प्यानलसहित विजयी भएका छन्। ४ नम्बरमा गठबन्धन (नेपाली कांग्रेस)बाट जयसिंह रोकाया प्यानलसहित विजयी भएका छन् । वडा नम्बर ५ मा एमालेका उम्मेदवार जयपाल बोहरा प्यानलसहित विजयी भएका छन् ।