• वि.सं २०८० चैत १५ बिहीबार
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
उदयपुरगढी गाउँपालिकाको १ र २ मा निर्वाचित भएका वडाअध्यक्षहरु र सदस्यहरु
२०७९ जेठ १ आइतबार ०९:५५:००
निर्वाचन

उदयपुरमा मतगणना जारी : पालिकामा कसकाे अग्रता ?

२०७९ जेठ १ आइतबार ०९:५५:००

उदयपुरमा कटारी र त्रियुगा नगरपालिकाबाहेक दुईवटा नगरपालिका र चारवटा गाउँपालिकामा मतमणना जारी रहेको छ । कटारी र त्रियुगा नगरपालिकामा विवादका कारण मतगणना हुन सकेको छैन । 

मतगणना जारी रहेका पालिकामध्ये पाँच पालिकामा विभिन्न दलका उम्मेदवारले अग्रता लिइरहेका छन् । आइतबार बिहान ९ः३५ सम्म सार्वजनिक भएको मतपरिमाणअनुसार विभिन्न पालिकामा अग्रता लिनेको मत परिमाण यस्तो छ ।

रौतामाई गाउँपालिकामा माओवादीको अग्रता
रौतामाई गाउँपालिकामा हालसम्म गणना भएको मतमध्ये अध्यक्षमा नेकपा एमालेका भरतबहादुर थापाले १,२१३ मत पाएका छन् । यता गठबन्धनबाट माओवादी केन्द्रका वीरेन्द्र मगरले अध्यक्षमा १,३५४ मत पाए ।  यसैगरी उपाध्यक्षमा एमालेकी कुमारीज्यू ठकुरी १,१७० मत र गठबन्धनबाट कांग्रेसका भुपेन्द्रबहादुर थापाले १,२१३ मत पाएका छन् ।

चौदण्डीगढी नगरपालिकामा एमालेको अग्रता
चौदण्डीगढी नगरपालिका प्रमुखमा एमालेले अग्रता कायम गरेका छ । एमालेका प्र्रमुख पदका उम्मेदवार कालुमान लामाले १,४७६ मत पाएका छन् । यता कांग्रेसका खगेन्द्र राईले १,३५० मत पाएका छन् । उपप्रमुखमा एमालेकी मणीकादेवी दुलालले १,५२० मत पाएकी छिन् । कांग्रेसकी रीताकुमारी चौधरीले १,३८१ पाएकी छिन्। 

लिम्चुङबुङ गाउँपालिकामा माओवादीको अग्रता
लिम्चुचुङबु गाउँपालिकामा माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार मेजरकुमार राईले अग्रता लिएका छन् । मेजरले अध्यक्षमा १,५१० मत पाएका छन् । एमालेका अध्यक्षका उम्मेदवार राजकुमार राई १,१६६ मत पाएका छन् । उपाध्यक्षमा एमालेकी देवकुमारी कार्कीले ८०१ मत पाएकी छिन् । यसैगरी कांग्रेसका पुष्पलाल राईले १,६२५ मत पाएका छन् । स्वतन्त्रबाट उपाध्यक्षमा उम्मेदवारी दिएकी रमिला राईले ६१२ मत पाएकी छिन् । 

उदयपुरगढी गाउँपालिकामा एकीकृत समाजवादीको अग्रता 
उदयपुरगढी गाउँपालिकामा एकीकृत समाजवादीले अग्रता लिएको छ । जसमा अध्यक्षमा एमालेका गोपालबहादुर खत्री १,१०८, एकीकृत समाजवादीका मानबहादुर केप्छाकी मगरले १,७९६ मत पाएका छन् । यसैगरी, उपाध्यक्षमा एमालेकी शोभाकुमारी मगरले १,२२७ र कांग्रेसका जितबहादुर खड्काले १,२६६ मत पाए । 

बेलकामा कांग्रेसको अग्रता
बेलका नगरपालिकाको प्रमुखमा कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । कांग्रेसका उम्मेदवार अशोक कार्कीले २,३९१ मत पाएका छन् भने एमालेका दुर्गाकुमार थापा स्वस्तिकले १,४०९ मत पाएका छन् । यसैगरी, उपप्रमुखमा एमालेकी जिरा राईले १,६१७ र माओवादी केन्द्रका मनोज तामाङले १,७९५ मत पाएका छन् । 

ताप्ली सम्पर्कविहीन
ताप्ली गाउँपालिकामा पनि मत गणना जारी रहेको जनाइएको छ । तर, कुन दलको कुन उम्मेदवारले कति मत पाए भन्ने जानकारी दिइएको छैन । जिल्ला निर्वाचन कार्यालयका प्रमुख खेमराज कोइरालाले फोन सम्पर्कमा समस्या भएकाले उपलब्ध गराउन समस्या भएको बताए ।  

कुन वडामा कस्काे जित

  • उदयपुरगढी गाउँपालिका १ को वडाध्यक्षमा एकीकृत समाजदीका वीरबहादुर मगर विजयी
  • उदयपुरगढी गाउँपालिका २ को वडा अध्यक्षमा स्वतन्त्रका इन्द्रबहादुर राउत विजयी
  • उदयपुरगढी गाउँपालिका ३ को वडाध्यक्षमा माओवादी केन्द्रका मनोजकुमार कार्की विजयी
  • लिम्चुङबुङ गाउँपालिका २ को वडाध्यक्षमा माओवादी केन्द्रका जितेन राई विजयी
  • लिम्चुङबुङ गाउँपालिकाका ३ को वडाध्यक्षमा स्वतन्त्रका गुरुमणि कुमाई विजयी 
  • लिम्चुङबुङ गाउँपालिका ४ को वडाध्यक्षमा जनता समाजवादी (जसपा) का छत्रबहादुर राई विजयी
  • लिम्चुङबुङ गाउँपालिका ५ को वडाध्यक्षमा कांग्रेसका कविचन्द्र राई विजयी
  • ताप्ली गाउँपालिका १ को वडाध्यक्षमा उद्धव हमाल विजयी
  • बेलका नगरपालिका ७ मा माओवादी केन्द्रका निकेश राई विजयी
  • चौदण्डीगढी नगरपालिका १ मा एमालेका सीताराम राई वडाध्यक्षमा विजयी
  • रौतामाई गाउँपालिका १ को वडाध्यक्षमा एमालेका रुद्रबहादुर कार्की विजयी
  • रौतामाई गाउँपालिका ३ मा दीपेन्द्र दाहाल वडाध्यक्षमा विजयी
  • रौतामाई गाउँपालिका ६ मा माओवादीका पृथ्वीबहादुर राई वडा अध्यक्षमा विजयी