• वि.सं २०८० चैत १६ शुक्रबार
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ जेठ १ आइतबार ०९:४८:००
निर्वाचन

भरतपुरमा पाँचदलीय गठबन्धनको विजयी सुरुवात

२०७९ जेठ १ आइतबार ०९:४८:००

भरतपुर महानगरपालिका– १ को अध्यक्षमा पाँचदलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार केशव महर्जन विजयी भएका छन्। ८ सय ७५ मत ल्याएका महर्जनले एमालेका शुक्रकुमार श्रेष्ठलाई पराजित गरेका हुन्।

श्रेष्ठले ७ सय ३४ मत प्राप्त गरेका छन्। यस वडामा सदस्यहरू भने एमालेबाट विजयी भएका छन्। यद्यपि, निर्वाचन अधिकृतले घोषणा गर्न भने बाँकी नै छ।