Skip This
Skip This
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
मनीष खड्का रुकुम पश्चिम
२०७९ बैशाख ३१ शनिबार १२:५६:००
निर्वाचन

सानीभेरी गाउँपालिकाको २ मा माओवादीको प्यानलै विजयी 

मनीष खड्का रुकुम पश्चिम
२०७९ बैशाख ३१ शनिबार १२:५६:००

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर २ मा माओवादी केन्द्रको प्यानलै विजयी भएको छ। नेकपा माओवादी केन्द्रका मानबहादुर पुन वडाध्यक्षमा विजयी भएका छन्।

पुनले ४ सय ८२ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिनेश विकले २ सय २१ मत पाए। वडा सदस्यहरूमा माओवादी केन्द्रकी गंगादेवी पुन, आशा खमाई, तिखे पुन र धने कामी विजयी भएका छन् ।