• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ बैशाख ३१ शनिबार १२:४३:००
निर्वाचन

तनहुँको भिमाद नगरपालिकामा एमालेको आग्रता

२०७९ बैशाख ३१ शनिबार १२:४३:००

तनहुँको भिमाद नगरपालिकाको मेयरमा एमाले उम्मेदवारले अग्रता लिएका छन्। वडा नम्बर १ को ४१७ मत गणना हुँदासम्म एमालेबाट मेयरका उम्मेदवार दधिराज सुवेदीले १३४ मत पाएका छन् । 

एमालेकी उपमेयरकी उम्मेदवार शारदा खनालले १०४ मत पाएकी छिन्।  गठबन्धनको तर्फबाट मेयरका उम्मेदवार एकीकृत समाजवादीका काजीमान श्रेष्ठले ९९ र उपमेयरमा कांग्रेसका मिलन आलेले १७७ मत पाएका छन्। 

माओवादीबाट मेयरका उम्मेदवार रामबहादुर थापाले ६२ र उपमेयर टोमाया रानाले ६३ मत पाएकी छन्।  राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेयरमा उम्मेदवारी दिएका विष्णुभक्त खनालले १० मत पाएका छन्। हालसम्म २५ मत बदर भएको छ।