• वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका दार्चुला
२०७९ बैशाख ३१ शनिबार १२:२७:००
निर्वाचन

अपिहिमाल गाउँपालिका वडा नम्बर १ र २ मा गठबन्धनका उम्मेदवार विजयी

नयाँ पत्रिका दार्चुला
२०७९ बैशाख ३१ शनिबार १२:२७:००

अपिहिमाल गाउँपालिकाको दुईवटा वडामा गठबन्धनका उम्मेदवार प्यानलसहित विजयी भएका छन्। जारी मतगणनाअनुसार अपिहिमाल गाउँपालिकाको वडा नम्बर १ र वडा नम्बर ६ नम्बर वडामा गठबन्धनका उम्मेदवार विजयी भएका हुन् । वडा नम्बर १ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार बनेका पोखरसिंह लोथ्याल १८३ मत सहित विजयी भएका छन्। उनका निकटत प्रतिद्वन्द्वी नेकपा एमालेका भरतसिह धामीले १५६ मत ल्याए।

यस्तै, वडा नम्बर ६ मा गठबन्धनकातर्फबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका धर्मसिंह धामी ३६३ मत ल्याएर विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गामसिंह धामी २४८ मत ल्याए। गाउँपालिका अध्यक्षमा गठबन्धनतर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका भगतसिंह ठेकरे बोहरा ५८५ मतसहित अगाडि छन् भने एमालेका धर्मानन्द मन्याल ३४४ मत ल्याएका छन्। 

यस्तै, उपाध्यक्षमा गठबन्धनतर्फबाट उम्मेदवार बनेका काग्रेसका देवकी ठेकरे ३४३ मतसहित अगाडि छ भने एमालेका उर्मिला बोहाेरा २३७ मत ल्याएका छन् । अपिहिमालका ६ वटा वडामा कुल ३ हजार ८ सय ६५ मत खसेको थियो ।