• वि.सं २०८० चैत १५ बिहीबार
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ बैशाख ३१ शनिबार ११:४६:००
निर्वाचन

सल्यानको कुमाख गाउँपालिकाको दुई  वडामा माओवादी केन्द्र विजयी 

२०७९ बैशाख ३१ शनिबार ११:४६:००

सल्यानको कुमाख गाउँपालिका - १ मा माओवादी केन्द्रका डिल्ली राना विजयी भएका छन् ।रानाले ६ सय ८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस–एमाले गठबन्धनको तर्फबाट कांग्रेस उम्मेदवार प्रेमबहादुर बुढाथोकीले ४ सय ८० मत प्राप्त गरेका छन् ।

 महिला वडा सदस्य, दलित महिला वडा सदस्य र खुला दुई सदस्यमा पनि माओवादी केन्द्रकै उम्मेदवार विजयी भएका छन् । कांग्रेस–एमाले गठबन्धनको तर्फबाट गाउँपालिका अध्यक्षको उम्मेदवार रहेका मानबहादुर बुढाथोकीकै वडामा माओवादी केन्द्रको प्यानल नै विजयी भएको हो । 

सो वडाबाट कांग्रेस–एमाले गठबन्धनका गाउँपालिका अध्यक्षका उम्मेदवार मानबहादुर बुढाथोकीलाई ५सय ५८ मत प्राप्त भएको छ भने माओवादी केन्द्र अध्यक्षका उम्मेदवार डिल्लीराज जैशीले ५सय १७ मत प्राप्त गरेका छन् । 

त्यसैगरी उपाध्यक्ष पदमा माओवादी केन्द्रका धनसरा मल्लले ५ सय ५८ मत प्राप्त गरेका छन् भने कांग्रेस–एमाले गठबन्धनको तर्फबाट उपाध्यक्षका उम्मेदवार एमालेका लालबहादुर रावतले ४ सय ८० मत प्राप्त गरेका छन् कुल मतदाता १ हजार ७ सय ३९ रहेको कुमाख गाउँपालिका वडा १ मा १ हजार २सय १४ मत खसेको थियो । 

यस्तै कुमाख गाउँपालिका वडा नम्बर ७ मा माओवादी केन्द्रका डम्बर शाही विजयी भएका छन् ।शाहीले ६ सय ४३ मत लिई विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस–एमाले गठबन्धनका उम्मेदवार एमालेका कवि चन्दले ५सय ९५ मत प्राप्त गरेका छन् ।

त्यसैगरी महिला सदस्य, दलित महिला सदस्य र खुला दुई सदस्यमा पनि माओवादी केन्द्रकै उम्मेदवार विजयी भएका छन् । वडा नम्बर ७ माओवादी केन्द्रका तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार डिल्लीराज जैशीको वडा हो। कुल मतदाता १ हजार ९ सय ८९ रहेको वडा नम्बर ७ मा १हजार ३सय ३८ मत खसेको थियो।