• वि.सं २०८१ बैशाख ८ शनिबार
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ बैशाख ३१ शनिबार ११:३८:००
निर्वाचन

जाजरकोटको बारेकोट ९ मा  एमालेको प्यानलै विजयी

२०७९ बैशाख ३१ शनिबार ११:३८:००

जाजरकोट बारेकोट गाउँपालिका वडा नम्बर ९ मा नेकपा(एमाले)को वडा अध्यक्षसहित प्यानलै विजयी भएको छ । वडा अध्यक्षमा दान बहादुर शाहीले ३ सय ७७ मत पाएर विजयी भएका हुन् । उनको प्रतिस्पर्धीमा गठबन्धन दलबाट माओवादी केन्द्रका कर्ण महताराले २ सय ६२ मत पाएका छन् ।

 गाउँपालिका अध्यक्षमा एमालेका वीरबहादुर गिरीले ३ सय ३५ र गठबन्धन दलबाट कांग्रेसका ३ सय ८ मत पाएका छन् । उपाध्यक्षमा  एमालेकी गिता सिंहले ३ सय ३५ र गठबन्धन दलबाट माओवादी केन्द्रका नरबहादुरर गिरीले २ सय ७३ मत पाएका छन् ।