• वि.सं २०८१ बैशाख १२ बुधबार
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ बैशाख ३१ शनिबार ०१:१७:००
निर्वाचन

दमकमा मतगणना केहीबेरमा

२०७९ बैशाख ३१ शनिबार ०१:१७:००

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा आज रातिबाटै मत गणना हुने भएको छ । अब केहीबेरमा मतगणना सुरु हुने दमकका सहायक निर्वाचन अधिकृत यज्ञराज निरौलाले जानकारी दिए । सर्वदलीय बैठकले केहीबेरमा गणना गर्ने निर्णय गरेको हो ।

ओलीको गृह जिल्ला भएका कारण यहाँको निर्वाचन एमालेको प्रतिष्ठासँग जोडिएको छ। यहाँ लामो समयदेखि लगातार एमालेले जित निकाल्दै आएको छ । यसपटक भने एमालेको दबदबालाई दबाबमा राख्न राप्रपा, कांग्रेस र माओवादी केन्द्रको चुनावी गठबन्धन भएको छ । दमकमा एमालेबाट गीता अधिकारी प्रमुखमा र गठबन्धनको तर्फबाट राम थापा उपप्रमुखमा उठेका छन्। उनीहरूबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । 

यस्तै, झापाको मेचीनगर, बिर्तामोड, कनकाई र गौरादह नगरपालिकामा शनिबार बिहानबाट मात्र गणना हुने भएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । १५ स्थानीय तह रहेको झापाका अधिकांश स्थानीय तहले आजैबाट मत गणना गर्ने उनले बताए । अहिले अधिकांश स्थानीय तहमा सर्वदलीय बैठक जारी रहेको नेपालको भनाइ छ। हल्दिबारीमा गणना सुरु भएको छ । बाह्रदशी गाउँपालिकामा केहीबेरमा हुनेछ । 

झापामा ७० दशमलव ४७ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार ६ लाख ४६ हजार २३४ जना मतदाता रहेको झापामा ४ लाख ५५ हजार ४१७ जनाले मतदान गरेका छन् ।