• वि.सं २०८१ बैशाख ८ शनिबार
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
फाइल तस्बिर
२०७९ बैशाख ३० शुक्रबार २२:०९:००
निर्वाचन

मनाङका तीन पालिकामा मतगणना सुरु 

२०७९ बैशाख ३० शुक्रबार २२:०९:००

हिमाली जिल्ला मनाङका तीन स्थानीय तहमा मतगणना सुरु भएको छ । मनाङको चामे, मनाङ ङिस्याङ र नासों गाउँपालिकामा मतगणना सुरु भएको हो  । मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले मनाङका सबै स्थानीय तहको मतगणना शुक्रवार राती नै हुने बताए ।मनाङको बिकट नार्पाभूमिबाहेक ३ वटै गाउँपालिकामा मतगणना सुरु गरिएको  हो । 

नार्पाभूमिका वडाको मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा राति संकलन हुने र सर्वदलीय सहमति अनुसार अघि बढ्ने निर्णय भएको जनाइएको छ । मनाङमा कूल ६ हजार ४ सय ९६ मतदाता रहेकोमा ४ हजार ६७ अर्थात्  ६३ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।