• वि.सं २०८० चैत ६ मंगलबार
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
दीपक भट्ट रामेछाप
२०७९ बैशाख ३० शुक्रबार २०:११:००
मुख्य समाचार

मतपेटिका बोकेको ट्रक दुर्घटना

दीपक भट्ट रामेछाप
२०७९ बैशाख ३० शुक्रबार २०:११:००

रामेछाप नगरपालिका १ गोठगाउँ वडा कार्यालय मतदान केन्द्रको मतपेटिका ढुवानीमा प्रयोग भएको ट्रक  दुर्घटनामा परेको छ । साँघुटारको बाँकिमैरीमा शुक्रबार साँझ ट्रक दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर केही कर्मचारी र सुरक्षाकर्मी सामान्य घाइते भएका छन् । बा ७ ख ३५०४ नम्बरको ट्रक दुर्घटना हुँदा केही मतपेटिका च्यापिएका छन्। दुर्घटना हुँदा एउटा मतपेटिकाको सिल सामान्य फुटेको र अरूमा भने क्षति नभएको प्रहरी निरीक्षक राजुप्रसाद ढकालले बताए।

दुर्घटनास्थलमा मुचुल्का तयार पारेपछि मात्र उक्त मतपेटिका उठाएर रामेछाप नगरपालिकाको निर्वाचन अधिकृतको कार्यालयमा पुर्‍याउने बताइएको छ । दुर्घटनाको कारण खुलेको छैन।