• वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ माघ १ शनिबार १९:००:००
मुख्य समाचार

राजनीतिले बाटो बिराएको छ :  उपसभापति गुरुङ

नयाँ पत्रिका काठमाडाैं
२०७८ माघ १ शनिबार १९:००:००

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राजनीतिले बाटो बिराएको भन्दै चिन्ता व्यक्त गरेका छन्। भैरहवामा आयोजित सिद्धार्थ जेसिजको ४७औँ पदस्थापन समारोहमा नेता गुरुङले बाटो बिराएको राजनीतिलाई सही बाटोमा ल्याउन आफूहरू लागिरहेकाे बताए ।

प्रस्ट विचार र सहीलाई सही, गलतलाई गलत भन्नेहरूलाई हरेक राजनीतिक पार्टीमा पाखा लगाउने काम भएको भन्दै दुःख व्यक्त गर्दै उनले भने, ‘मैले पनि बल्लबल्ल दुई मतले कांग्रेस उपसभापति जितेँ। मेरो राजनीतिक तथा व्यक्तिगत जीवनमा जितहारले खासै अर्थ नराख्ला तर म उपसभापति नजितेको भए तपाईंहरूजस्ता संघसंस्थाले पनि मलाई बोलाउनुहुन्न। सामाजिक संघसंस्थाले पनि पदलाई महत्व दिन थालेका छन्। यहीँबाट राजनीति बिग्रिन सुरु भएको हो।’

उनले भ्रष्ट भनेर चिनिएकाहरूलाई बहिष्कार गर्न पनि आग्रह गरे।