• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ पौष २८ बुधबार १६:४६:००
समाचार

ब्राउनसुगरसहित तीन युवक पक्राउ

२०७८ पौष २८ बुधबार १६:४६:००

सिराहाको लहान नगरपालिका– १२ पडरियाबाट प्रहरीले कडा खालको मानिने प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित तीन युवकलाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार बुधबार बिहान लहान– १२ घर भएका करिब २२ वर्षीय प्रशान्त चौधरी, २३ वर्षीय मिथलेश चौधरी र २९ वर्षीय साजन चौधरीलाई पाँच दशमलव पाँच ग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको हो ।

गस्तीमा रहेको प्रहरीले चेकजाँचको क्रममा तीनजनालाई ब्राउनसुगर, नगद र मोबाइल सेटसहित पक्राउ गरिएको सिराहा प्रहरीका सूचना अधिकारी डिएसपी सुवास बुढाथोकीले बताए । पक्राउ गरिएकाहरूको साथबाट कालो प्लास्टिकमा प्याक गरिएको ब्राउनसुगरसहित एघार हजार रुपैयाँ नगद तथा दुई थान मोबाइलसमेत बरामद भएपछि लहानस्थित इलाका प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको डिएसपी बुढाथोकीले बताए ।