• वि.सं २०८० चैत १५ बिहीबार
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ पौष १५ बिहीबार ०७:५३:००
सप्तरंग

११ दिने नाटक लेखन कार्यशाला सम्पन्न

२०७८ पौष १५ बिहीबार ०७:५३:००

 पोखरामा जारी नाटक लेखन कार्यशाला सम्पन्न भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठान र पोखरा प्रज्ञा प्रतिष्ठानको संयुक्त रूपमा आयोजित कार्यशालामा देशभरबाट छानिएका ८ जनाको सहभागिता थियो । 

कार्यशाला गन्धर्व नाटकघरमा सञ्चालन गरिएको थियो । कार्यशालाको सहजीकरण निर्देशक तथा अभिनेता खगेन्द्र लामिछानेले गरेका थिए । कार्यशालामा सहभागीहरूलाई नाटक लेखन, निर्देशक तथा कलाकारितासँगै विविध विषय बारेमा सहजीकरण गरिएको थियो ।

कार्यशालामा कास्कीका अजय जिसी, शरद भण्डारी, रोशनी श्रेष्ठ र दर्शन कुँवरसँगै संखुवासभाकी पत्रिका घिमिरे, गुल्मीकी रीता ज्ञवाली, हुम्लाका नरेन्द्र बुढाथोकी र झापाकी गीता बुढाक्षेत्री सहभागी थिए । कार्यशालामा भाग लिन देशभरबाट आवेदन माग गरिएकोमा १५ जनाले आवेदन दिएका थिए ।

त्यसमध्ये छनोट समितिले आठजनालाई चयन गरेको प्रतिष्ठानका प्राज्ञ कृष्णप्रसाद पौडेलले जानकारी दिए । सहभिताका लागि आवेदनसँगै हजार शब्दमा नबढाई नाटकको नमुनासमेत पठाउन आग्रह गरिएको थियो । उत्कृष्ट नाटकको नमूना लेखकलाई छनोट गरिएको पौडेलले बताए ।