• वि.सं २०७९ जेठ १४ शनिबार
  • वि.सं २०७९ जेठ १४ शनिबार
  • Saturday, 28 May, 2022
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर १२ आइतबार १२:४१:००
समाचार

कांग्रेस केन्द्रीय निर्वाचन समितिको संयोजकमा घिमिरे 

नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर १२ आइतबार १२:४१:००

नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिको संयोजकमा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे मनोनयन भएका छन् । यसअघिका संयोजक वरिष्ठ अधिवक्ता महादेवप्रसाद यादवले दिएको राजीनामा स्वीकृत गरी घिमिरेलाई संयोजकको जिम्मेवारी दिइएको कांग्रेसले जनाएको छ । 

कांग्रेस कार्यवाहक मुख्यसचिव डा. प्रदीप पराजुलीका अनुसार पार्टी सभापति शेरबहादुर देउवाले यादवको राजीनामा स्वीकृत गरी घिमिरेलाई संयोजक पदमा मनोनयन गरेका हुन् । घिमिरे यसअघि निर्वाचन समिति सदस्यका रूपमा रहेका थिए ।