• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर १२ आइतबार ११:५०:००
समाचार

चोरीका मोटरसाइकल र स्कुटर सवारीधनीलाई हस्तान्तरण

नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर १२ आइतबार ११:५०:००

विभिन्न मितिमा हराएका २३ थान मोटरसाइकल तथा स्कुटरहरू फेला पारी ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई बुझाएको छ । ट्राफिक प्रहरी महाशाखाले विभिन्न स्थानबाट फेला पारेका १५ वटा मोटरसाइकल र अाठवटा स्कुटर सम्बन्धित धनीहरूलाई बुझाएको हो ।

यसअघि कार्तिक महिनामा पनि महाशाखाले २३ वटै मोटरसाइकल भेट्टाएर सम्बन्धित धनीलाई बुझाएको थियो। पछिल्लो एक महिनामा मोटरसाइकल र स्कुटर गरी थप २३ वटा फेला पारिएको महाशाखाले जनाएको छ। महाशाखाले उपत्यका र आसपासका चक्रपथ, नयाँबानेश्वर, वसुन्धारा, पुरानोबानेश्वर, नारायणटार, नागार्जुन, सातदोबाटो, कोटेश्वर, काँडाघारी, कलंकी, भैँसेपाटी, भीमसेनगोला, गंगालाल, लोकन्थली, कपन, सानेपा, माकलबारी, मंगलबजार, टोखा, विजेश्वरी, र चागल स्वयम्भूलगायतका स्थानबाट हराएका मोटरसाइकल भेट्टाएको थियो।

महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले महाखाको पीडित सहायता इकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक टोलीले विशेष सूचना र सुराकीका आधारमा हराएका मोटरसाइकल बरामद गरेको जानकारी दिए।