Skip This
Skip This
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ २३ बुधबार ०७:१८:००
अर्थ

टेलिटकले सञ्चालनमा ल्यायो नोकियाको केयर सेन्टर

नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ २३ बुधबार ०७:१८:००

नेपालका लागि नोकिया फोनको आधिकारिक विक्रेता टेलिटक प्राइभेट लिमिटेडले नोकिया फोन केयर सेन्टर सञ्चालनमा ल्याएको छ ।  कम्पनीले नोकिया उत्पादनको वान–स्टप टेक्निकल सपोर्ट प्रदान गरी यो केयर सेन्टर सञ्चालनमा ल्याएको हो । 

टेलिटकका निर्देशक प्रतीक जलानले केयर सेन्टरले नोकिया स्मार्ट फोनको मर्मतसम्बन्धी सबै सेवा प्रदान गर्ने बताए । सेवा केन्द्र राम्रो प्रशिक्षित व्यावसायिक प्राविधिकहरूले भरिपूर्ण भएकाले अतिरिक्त ग्राहक सेवाका साथ जेन्युइन स्पेयर पार्टस्को उपलब्ध हुने उनको भनाइ छ ।  

स्मार्ट फोन क्याटागोरीमा भर्खरै लन्च गरिएका नोकिया जी १०, नोकिया जी २० र नोकिया सी २० फोनहरू हाल बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । फिचर फोनहरू नोकिया ५३१०, नोकिया ३३१०, नोकिया १५० र अन्य फोनहरू सुपथ मूल्यमा आउनुका साथै सजिलै देशभरिमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले हालै नोकिया एसेन्सियल वायरलेस हेडफोन, नोकिया लाइट इयर बड्स र नोकिया पोर्टेबल वायरलेस स्पिकरलाई आफ्नो एक्सेसरिज पनि बजारमा ल्याएको जनाइएको छ ।