• वि.सं २०८० चैत १५ बिहीबार
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ २३ बुधबार ०६:३४:००
समाचार

नेपाल बैंकका कर्मचारीसहित तीनजनाविरुद्ध मुद्दा

नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ २३ बुधबार ०६:३४:००

सर्लाहीको लालबन्दी नगरपालिकाको भवन निर्माणमा नेपाल बैंकमार्फत ‘नक्कली एड्भान्स पेमेन्ट ग्यारेन्टी’ बनाएर ४२ लाख रुपैयाँ हिनामिना भएको पाइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार नेपाल बैंकका कर्मचारी र ठेकेदार कम्पनीका साझेदारको मिलेमतोमा नक्कली एड्भान्स पेमेन्ट ग्यारेन्टी तयार गरेर ४२ लाख रुपैयाँ भुक्तानी लिइएको हो । हाल भवन निर्माण ठप्प छ ।

सोही आरोपमा नेपाल बैंक मलंगवा शाखामा सहायक पदमा कार्यरत सन्तोषविक्रम शाह, लोकवीर बेताली÷पाँचकुमारी जेभीका साझेदार अनिल गुप्ता र शिवनन्दन पासवानविरुद्ध अख्तियारले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।