Skip This
Skip This
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७८ श्रावण ४ सोमबार १४:१४:००
अर्थ

मध्यमर्स्याङ्दीकाे विद्युत् उत्पादन सुरु

२०७८ श्रावण ४ सोमबार १४:१४:००

वर्षासँगै आएको बाढीले विद्युत् उत्पादन बन्द भएको ७० मेगावाटको मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्रको विद्युत् उत्पादन सुचारु भएको छ । बाढीले १ सय ३२ केभी प्रसारण लाइनको ९ नम्बर टावर बगाएपछि केन्द्रबाट विद्युत् उत्पादन बन्द भएको थियो । 

नेपाल विद्युत् प्राधिकरणले बाढीले बगाएको टावरको स्थानमा अस्थायी टावर राखेर प्रसारण लाइन सुचारु गरेपछि शुक्रबारबाट केन्द्रको विद्युत् उत्पादन सुचारु भएको मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्रका प्रमुख शिवकुमार साहले बताए ।

उनका अनुसार बाढीले प्रसारण लाइन अवरुद्ध हुँदा असार १९ गतेदेखि मध्यमस्र्याङ्दीको उत्पादन बन्द भएको थियो । विद्युत् उत्पादन सुचारु गर्न उपकरण आयात गरी अस्थायी टावर निर्माण गरिएको हो । स्थायी टावर तयार नहुन्जेल अस्थायी टावरको सहयोगमा नै प्रसारण लाइन सञ्चालन गरिने केन्द्रले जनाएको छ । यो प्रसारण लाइनमा मध्यमर्स्याङ्दीसँगै ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ‘ए’को विद्युत् प्रवाह हुन्छ ।