• वि.सं २०८० चैत १६ शुक्रबार
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण ४ सोमबार १३:५५:००
समाचार

एमालेले २२ सांसदलाई सोध्यो २४ घन्टे स्पष्टीकरण

नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण ४ सोमबार १३:५५:००

नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण सोध्ने भएको छ। आज बसेको केन्द्रीय कमिटी बैठकले २२ सांसदलाई २४ घन्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको एमाले केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए। 
यस्तै, बैठकले कार्यदलको १०बुँदे सहमतिलाई अनुमोदन गरेको छ।

बैठकमा अध्यक्ष केपी ओलीले राष्ट्रिय राजनीतिबारे धारणा राखेका थिए। विश्वासको मत लिने क्रममा भएका घटनाक्रमबारे उनले चर्चा गरेका थिए । बैठक पुन: भोलि ३ बजे बस्नेछ।