• वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ असार २३ बुधबार ११:२९:००
समाचार

नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालन

२०७८ असार २३ बुधबार ११:२९:००

नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख ओमप्रसाद अधिकारीका अनुसार बिहानैदेखि पहिरो पन्छाउने काम गरिएको र बिहान ९ बजेदेखि एकतर्फी सडक सञ्चालनमा आएको हाे ।

यद्यपि, पहिरो र ढुंगा खस्ने क्रम भने रोकिएको छैन । सडकखण्डमा एक सातादेखि निरन्तर पहिरो खसिरहेको छ । पहिराेको कारण सडक पटक–पटक अवरुद्ध हुँदै आएको छ ।

पछिल्लोपटक सोमबार रातिदेखि अवरुद्ध हुँदै आएकाेमा पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन । आज बिहान ५ः३० बजेदेखि सेतीदोभानलगायतका ठाउँको पहिरो पन्छाउन थालिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । पहिराले सयौँ सवारीसाधन रोकिएका छन् । सवारीसाधनको लाइन भरतपुरको बाइपास सडकसम्म आइपुगेको छ । रासस