कर्णाली प्रदेशका भौतिक पूर्वाधारमन्त्री अमरबहादुर थापाविरुद्ध दायर नैतिक पतनविरुद्धको रिट निवेदनमा सर्वोच्च अदालतले दैलेख जिल्ला अदालत, सुर्खेत उच्च अदालत र सर्वोच्च अदालतले विगतमा गरेको फैसलाको मिसिल झिकाउने आदेश दिएको छ । आइतबार सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार कार्की र नहकुल सुवेदीको संयुक्त इजलासले उक्त आदेश दिएको हो ।
उक्त मुद्दामा दैलेख जिल्ला अदालतले ०४७ असार १४ र तत्कालीन पुनरावेदन अदालत सुर्खेतले ०५० पुस ६ र सर्वोच्च अदालतले ०५७ असोज २ गते फैसला भएका थिए ।
सूर्यमणि गौतम रिट निवेदक रहेको उक्त मुद्दामा दैलेख जिल्ला अदालतबाट ०४७ असार १४ गते र ०५० पुस ६ गते भएको किर्ते जालसाजी मुद्दाको विगतमा भएका फैसलासँग सम्बन्धित मिसिल झिकाउन पनि सर्वोच्चले आदेश दिएको छ ।
ती मिसिललाई सर्वोच्च अदालतमा विचाराधीन रिट निवेदन अवलोकनार्थ राखी पूर्वआदेशअनुसार अन्तरिम आदेश छलफलका लागि नियमअनुसार पेस गर्नु भन्ने आदेश इजलासले दिएको छ ।