• वि.सं २०८० चैत १६ शुक्रबार
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ १ शनिबार १८:२९:००
पालिका अपडेट

कोरोना कहर : २४ घन्टामा पाँच हजार चार सय ५५ संक्रमणमुक्त, एक सय ८७ को मृत्यु

नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ १ शनिबार १८:२९:००

नेपालमा पछिल्लो २४ घन्टामा पाँच हजार चार सय ५५ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म संक्रमणमुक्त हुनेको संख्या तीन लाख ३३ हजार एक सय आठ पुगेको छ ।

हालसम्म चार लाख ४७ हजार सात सय चारजना संक्रमित भएकोमा चार हजार आठ सय ५६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा मात्रै देशभर आठ हजार एक सय ६७ जनामा संक्रमण पुष्टि भएको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या एक लाख नौ हजार सात सय ४० पुगेको छ । क्वारेन्टिनमा ६ सय ७५ जना रहेका छन् ।