• वि.सं २०८० चैत १६ शुक्रबार
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ १ शनिबार १८:०८:००
मुख्य समाचार

प्रदेश र संघीय सरकारको चरम लापरबाहीले नागरिकहरूको जीवन असुरक्षित बन्यो : कांग्रेस महामन्त्री खड्का

नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ १ शनिबार १८:०८:००

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले संघीय सरकार र कर्णाली प्रदेश सरकारको चरम लापरबाहीको कारणले नागरिकहरूको जीवन दिनप्रतिदिन असुरक्षित बन्दै गएको बताएका छन् । 

सामाजिक सञ्जाल फेसवुकमा खड्काले देशभरिका अस्पतालमा अक्सिजन अभाव भइरहेकै अवस्थामा कर्णाली प्रदेश अस्पताल र अन्य जिल्ला अस्पतालहरूमा पनि अक्सिजन अभावले नागरिकहरूले ज्यान गुमाउनुपरेको उल्लेख गरेका छन् । 

‘बिरामीको उपचारमा परेको कठिनाइ भइरहेकोप्रति संघीय सरकार र कर्णाली प्रदेश सरकारको गम्भीर रूपमा लागेर अक्सिजनलगायतका स्वास्थ्य सामग्री तत्काल व्यवस्था गर्न ध्यानाकर्षण गराउँदछु ।’ उनले भने, ‘गत वर्ष नै नेपालमा पुनः महामारीको प्रकोप आउन सक्ने विज्ञहरूद्वारा दिएको सुझाब र सचेत गराएको कुरालाई हल्का रूपमा लिई पर्याप्त समय हुँदाहुँदै अस्पतालमा बेड, अक्सिजन र भेन्टिलेटरको प्रबन्ध नगर्नु संघीय र प्रदेश सरकारको चरम लापरबाही हो ।’