कर्णालीका तीन मन्त्रीको पुनः शपथग्रहण

बुधबार, १५ बैशाख, २०७८
डिजिटल संस्करण

फ्लोर क्रस गरेर कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका तीनजना मन्त्रीले आज पुनः शपथग्रहण गरेका छन् ।

एमाले सांसदको हैसियतमा शपथ खाएका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिह बुढा, भौतिक पूर्वाधारमन्त्री अम्मरबहादुर थापा र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीलाई कर्णाली प्रदेश प्रमुख गोविन्द्रप्रसाद कोलौनीले दिउँसो एक बजे पुनः शपथ खुवाएका हुन् । 

फ्लोर क्रस गरेर मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएपछि एमालेले उनीहरूलाई सांसद पद खारेज गरेको थियो । पार्टीले निष्कासन गरेसँगै तीनैजना मन्त्री वैशाख १३ गतेदेखि पदमुक्त भएका थिए ।
 

सुझावित समाचार