एक वर्ष अवधि नपुगी प्रहरी नेतृत्वबाट हटाइए कार्की
सरकारसँगको टकराव र अनेक विवादमा मुछिएपछि प्रहरी महानिरीक्षक दानबहादुर कार्की हटेका छन्। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाएर डा। मनोजकुमार केसीलाई आइजिपीमा नियुक्त गर्ने निर्णय गरेको हो।
कांग्रेसले भन्यो– सरकार स्वेच्छाचारी र निरंकुश बाटोमा, प्रतिवाद गर्छौँ
नेपाली कांग्रेसले सरकार स्वेच्छाचारी र निरंकुश बन्दै गएको ठहर गर्दै प्रतिवाद गर्ने जनाएको छ। असंवैधानिक कदमविरुद्ध उठ्ने आवाज थुन्न सरकार उद्धत भएको कांग्रेसको ठहर छ।
कांग्रेसको वैधानिकताका सवालमा पार्टी र नेतृत्वविरुद्ध कपोलकल्पित र नियोजित रूपमा षड्यन्त्र भइरहेको भन्दै कांग्रेसले जस्तोसुकै छानबिनका लागि तयार रहेको प्रस्ट पारेको छ।
तिहारमा कुन दिन कस्तो रहन्छ मौसम ?
यस वर्ष तिहारका पाँच दिन देशभरको मौसममा ठुलो उतारचढाव देखिँदैन। नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार तिहार अवधिमा ९काग तिहारदेखि भाइटीकासम्म० अधिकांश स्थानमा मौसम अनुकूल रहने अनुमान छ।
तर, हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदलीसँगै केही स्थानमा हल्का वर्षा र हिमपात हुन सक्नेछ। पश्चिमी वायुको सामान्य प्रभाव रहने भएकाले हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने सम्भावना छ। तराईका अधिकांश स्थानमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।
परम्परा फेरियोः आइजिपीलाई गृहमन्त्रीले लगाइदिए दर्ज्यानी चिन्ह
नवनियुक्त प्रहरी महानिरीक्षक डा। मनोजकुमार केसीलाई गृहमन्त्री सुधन गुरुङले दर्ज्यानी चिन्ह लगाइदिएका छन्। यसअघि गृहसचिवले लगाउने परम्परा थियो।
यसपटक पुरानो परम्परा फेर्दै गृहमन्त्रीले लगाइदिएका हुन्। गृह मन्त्रालयमा आयोजित कार्यक्रममा उनलाई दर्ज्यानी चिन्ह लगाएर गृहमन्त्रीले शुभकामना दिएका हुन्।
गोविन्द केसीसँग वार्ताका लागि चार सदस्यीय टोली गठन
चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनरत प्रा।डा। गोविन्द केसीसँग संवाद गर्न सरकारले चार सदस्यीय वार्ता टोली गठन गरेको छ।
शिक्षा तथा खेलकुद मन्त्रालयका सहसचिव जयराम अधिकारीको संयोजकत्वमा गठित वार्ता टोलीमा चिकित्सा शिक्षा आयोगका सदस्यसचिव, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका प्रतिनिधि र शिक्षा तथा खेलकुद मन्त्रालयका प्राविधिक शिक्षा शाखाका उपसचिव सदस्य रहेका छन्।
झरना हेरेर फर्कँदै गर्दा कार खोलामा खस्यो, एक भारतीय पर्यटकको मृत्यु
चितवनको इच्छाकामना गाउँपालिका– ६ स्थित प्रसिद्ध जलबिरे (लामाे) झरना हेरेर फर्किने क्रममा कार खोलामा खस्दा एक भारतीय नागरिकको मृत्यु भएको छ।
बुधबार दिउँसो भएको दुर्घटनामा पश्चिम बंगालस्थित कालिम्पोङ निवासी ४१ वर्षीय सायन्तन गायेनको घटनास्थलमै मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दिउँसो करिब २ः३० बजे डब्लुबी ०२ एपी ३४५८ नम्बरको कार अनियन्त्रित भएर झरनानजिकैको खोलामा खसेको थियो।
ठमेल बसेर बेटिङ गराउने एक भारतीय पक्राउ
ठमेल बसेर नेपालीलाई बेटिङ खेलाउने एक भारतीय नागरिक पक्राउ परेका छन्। बिहारको भोजपुर जिल्ला टाउन थाना घर भएका ३२ वर्षीय सोनुकुमार सिन्हालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो।
नेपाल प्रिमियर लिगमा सट्टेबाजी (बेटिङ) गराएको सूचना आधारमा अनुसन्धानपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। उनले दुईवटा मोबाइलमा विभिन्न बेटिङ साइटमार्फत ८९ लाख ८१ हजार ७२९ नेपाली रुपैयाँबराबरको कारोबार गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ।
नेपाल बिमा प्राधिकरणको अध्यक्षमा राजनबिक्रम थापा नियुक्त
सरकारले नेपाल बिमा प्राधिकरणको अध्यक्षमा राजनबिक्रम थापालाई नियुक्त गरेको छ।
अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसका आधारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई अध्यक्षमा नियुक्त गरेको हो।
बुधबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले थापालाई पद तथा गोपनीयताको शपथ गराएका छन्। शपथपछि अर्थमन्त्री डा। वाग्लेले नवनियुक्त अध्यक्ष थापालाई बिमा क्षेत्रको श्रेय वृद्धिमा निडर र निर्धक्क भएर काम गर्न निर्देशन दिएका छन्।
थाई गाँजा ६ किलोसहित दुई भारतीय नागरिक पक्राउ
नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले थाई गाँजा ६ किलोग्रामसहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
हवाई मार्ग हुँदै थाइल्यान्डबाट नेपाल आएका यात्रुहरूको प्रोफाइलिङ तथा निगरानी गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौचरणस्थित लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
ब्युरोका अनुसार ०८३ कात्तिक १३ र १७ गते गरिएको चेकजाँचका क्रममा दुवै भारतीय नागरिकबाट जनही तीन–तीन किलोग्रामका दरले कुल ६ किलोग्राम थाई गाँजा बरामद गरिएको हो।
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बढुवा र सुविधा लिएको आरोपमा हिराबाबु भट्टराईविरुद्ध आरोपपत्र दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत प्रमुख अनुसन्धान अधिकृत हिराबाबु भट्टराई भन्ने हिरा बाबु भट्टराईविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बढुवा तथा सेवासुविधा लिएको आरोपमा आरोपपत्र दायर गरेको छ।
आयोगका अनुसार भट्टराईले नक्कली तथा झुटा शैक्षिक प्रमाणपत्र पेस गरी विभिन्न पदमा बढुवा भएको र सोही आधारमा पद, ओहोदा तथा सेवासुविधासमेत प्राप्त गरी भ्रष्टाचार गरेको आरोप छ।