काठमाडाैं । बुधबार नेप्से सामान्य बढेको छ । दिनभरि उतारचढावमा रहेको नेप्से बन्द हुने वेलामा हरियो भयो । १.४० अंकले नेप्से बढ्दा सात अर्ब ४३ करोडको कारोबार भएको छ ।
मंगलबार पाँच अर्ब ४३ करोडको कारोबार भएको थियो । बुधबार नेपाल पुनर्बिमा कम्पनीमा सकारात्मक सर्किट लागेको छ भने हिमालयन रि इन्सुरेन्स ११ प्रतिशतभन्दा बढीले बढेको छ ।
श्वेतगंगा हाइड्रोपावर, घोराही सिमेन्ट र नेपाल रिपब्लिक मिडियाको पनि कारोबार उल्लेख्य बढेको छ ।