लुम्बिनी प्रदेश सभाको आजका लागि तय भएको बैठक एक दिन पर सारिएको छ। प्रदेश सभा सचिव दुर्लभकुमार पुनमगरद्वारा जारी सूचनाअनुसार सोमबार दिउँसो १ बजे बस्ने गरी पूर्वनिर्धारित आठौँ अधिवेशनको दसाैँ बैठक लुम्बिनी प्रदेश सरकारको विशेष अनुरोधमा स्थगित गरिएको हो।
सूचनाअनुसार सभामुखको निर्देशनमा उक्त बैठक अब असार ९ गते मंगलबार दिउँसो ३ बजे बस्ने गरी तय गरिएको छ। लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम १२ को उपनियम ३ बमोजिम प्रदेश सभा सदस्यहरूको जानकारीका लागि बैठक स्थगितसम्बन्धी सूचना प्रकाशित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ।