गण्डकीको बर्खे/बजेट अधिवेशन ११ जेठदेखि

आइतबार, ४ जेठ, २०८२
डिजिटल संस्करण

गण्डकी प्रदेश सभाको बर्खे अर्थात् बजेट अधिवेशन ११ जेठदेखि बस्ने भएको छ।

गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले ११ जेठको अपराह्न १४.०० बजेदेखि आरम्भ हुने गरी अधिवेशन आह्वान गरेका हुन्। 

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता रामेश्वर अर्यालले आइतबार जारी गरेको विज्ञप्तिमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभा भवन पोखरा–३ नदीपुरमा आरम्भ हुने गरी प्रदेश प्रमुख भट्टले अधिवेशन आह्वान गरेको उल्लेख गरिएको छ। यो प्रदेश सभाको दोस्रो कार्यकालको आठौँ अधिवेशन हो। 
 

सुझावित समाचार