गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

सोमबार, २८ जेठ, २०८१
डिजिटल संस्करण

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन्। माओवादी केन्द्रकाे चिह्न लिएर चुनाव लडेका नेपाल समाजवादी पार्टीका नेता फणिन्द्र देवकोटाले फ्लोर क्रस गरेपछि मुख्यमन्त्रीले विश्वासको मत पाएका हुन्।

६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ सदस्यको समर्थन आवश्यक पर्छ। देवकोटाले फ्लोर क्रस गरेपछि मुख्यमन्त्री पाण्डेले सभाको विश्वास प्राप्त गरेका हुन्।

संविधानको धारा १६८ को उपधारा (३) अनुसार जेठ १६ गते नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता पाण्डे मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

प्रदेश सभाको सबैभन्दा ठूलो दल कांग्रेससँग २७ मत छ। दुई सांसद भएको राप्रपाले बैठकमै विश्वासको मत दिने घोषणा गरेको थियो। स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) र देवकोटाले पनि मुख्यमन्त्रीको पक्षमा मतदान गरेका हुन्।

सुझावित समाचार